Kathmandu Press

युरोपेली केन्द्रीय बैंकले ब्याजदर पुनः समायोजन गर्ने

युक्रेनमा रूसको आक्रमणपछि यूरोको एकल मुद्रा प्रयोग हुने ऊर्जा र खाद्य लागत बढेपछि ईसीबीले आफ्नो इतिहासमा मौद्रिक नीति कडाइको सबैभन्दा कडा कदम सुरु गरेको थियो।
युरोपेली केन्द्रीय बैंकले ब्याजदर पुनः समायोजन गर्ने

फ्रान्कफर्ट, जर्मनी, माघ १६ : युरो समूहले सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको समय युरोपेली केन्द्रीय बैंक (इसीबी) ले बिहीबार नयाँ दर वृद्धि गर्दै आफ्नो मुद्रास्फीतिविरूद्धको प्रयासलाई  अगाडि बढाउने अपेक्षा गरिएको छ। 

युक्रेनमा रूसको आक्रमणपछि यूरोको एकल मुद्रा प्रयोग हुने ऊर्जा र खाद्य लागत बढेपछि ईसीबीले आफ्नो इतिहासमा मौद्रिक नीति कडाइको सबैभन्दा कडा कदम सुरु गरेको थियो।

ईसीबीले उपभोक्ता मूल्य वृद्धिलाई नियन्त्रण गर्न जुलाईदेखि ब्याज दरहरू २.५ प्रतिशत बिन्दुले बढाएको थियो, जुन अक्टोबरमा १०.६ प्रतिशतमा पुगेको थियो। यो बैंकको लक्ष्यभन्दा पाँच गुणाले बढी हो। 

अझै पनि ब्याजदरहरू उच्च भए तापनि मुद्रास्फीति सुस्त हुन थालेको छ, जसले ईसीबीको प्रयास उपलब्धीमुलक हुने आशा जगाएको छ।

युरोपको अर्थतन्त्र फेरि बढ्न थालेको एक प्रमुख सर्वेक्षणसहित आएका हालैका तथ्याङ्कले पनि युरोजोनले तीव्र मन्दीबाट बच्ने आशा जगाएको छ।

ईसीबीका अध्यक्ष क्रिस्टीन लेगार्डले बारम्बार ब्याजदर स्थिर गतिमा बढ्ने र बैंकले बिहीबार ५० (आधार बिन्दु) को अंकको वृद्धिमा सहमति जनाउने अपेक्षा गरेका छन्।

'ईसीबीको काम पूरा नभएकोले ५० ९आधार बिन्दु० दर वृद्धिको कारण स्पष्ट छ,' आईएनजी अर्थशास्त्री कार्स्टन ब्रेजेस्कीले भने।

प्रकाशित मिति: १४:०९ बजे, सोमबार, माघ १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्