Kathmandu Press

सोमालियामा कारबाहीका क्रममा अल सेबाबका १३६ लडाकाको मृत्यु

अल सेबाबका लडाकाका विरुद्धमा यहाँको सुरक्षा फौजले गरेको कारबाहीका क्रममा ती लडाका मारिएका बताइएको छ। अधिकारीहरुले गएका केही हप्तायतादेखि यहाँ हिंसा जारी राखेको सो समूहका विरुद्धमा सैन्य कारबाही थालेको छ।
सोमालियामा कारबाहीका क्रममा अल सेबाबका १३६ लडाकाको मृत्यु

मोगादिसु, माघ १६ : सोमालियामा अल सेबाबका कम्तीमा पनि एक सय ३६ जना लडाका मारिएका छन्।

अल सेबाबका लडाकाका विरुद्धमा यहाँको सुरक्षा फौजले गरेको कारबाहीका क्रममा ती लडाका मारिएका बताइएको छ। अधिकारीहरुले गएका केही हप्तायतादेखि यहाँ हिंसा जारी राखेको सो समूहका विरुद्धमा सैन्य कारबाही थालेको छ।

 दक्षिण सोमालियामा गरिएको सो सैन्य कारबाहीमा परेर अरु तीन जना कमाण्डर पनि मारिएका बताइएको छ। शनिबार र आइतबार गरिएका सो कारबाहीमा उनीहरु मारिएका सोमालियाका सूचनामन्त्री अब्दिरमान युशुफ अल अदालतले जानकारी दिएका छ।

दक्षिणी सोमालियाको जनाला सहरमा विदेशी सुरक्षा फौज र सोमालियाली सेनाले गरेको संयुक्त कारबाहीका क्रममा सो क्षेत्रमा रहेका अल सेबाब आतंककारी मारिएका बताइएको हो। मन्त्री अल अदालतले सो कारबाहीका क्रममा परेर अरु एक सय जना लडाका घाइते भएका पनि जानकारी दिए। आइतबार राजधानी मोगादिसुमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले सो कुराको जानकारी दिएका हुन्।

मन्त्री अदालतले हिजो मारिएका तीन जना कमाण्डर समय समयमा सोमालियामा ठूला हिंसात्मक हमलाहरुमा सहभागी भएका कैयौं मानिसको ज्यान लिएका व्यक्तिहरु रहेका जानकारी जानकारी दिए। उनले सोमालियाले देशबाट आतंकवादको अन्त्य गर्ने उद्देश्यका साथ पछिल्लो समयमा अल सेबाबका विरुद्धको कारबाहीलाई सशक्त बनाएको पनि बताए।

प्रकाशित मिति: १४:०४ बजे, सोमबार, माघ १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्