Kathmandu Press

क्यानाडामा आदिवासी बालबालिकाको चिहान ‘नरसंहार’को प्रमाण भएको इरानी दाबी

इरानी विदेश मन्त्रालयका प्रवक्ताले मन्त्रालयको वेबसाइटमा प्रकाशित एक वक्तव्यमा नासेर कनानीले चिहानको बारेमा पर्याप्त र पारदर्शी जानकारी प्रदान गर्न क्यानडा सरकारको अनिच्छाको आलोचना गर्दै यसले ‘मानवीय विपत्ति’ को गहिराइको संकेत गरेको उल्लेख छ। 
क्यानाडामा आदिवासी बालबालिकाको चिहान ‘नरसंहार’को प्रमाण भएको इरानी दाबी

तेहरान, माघ १६ : इरानले क्यानडामा हालै ‘निर्दोष’ आदिवासी बालबालिकाको नयाँ सामूहिक चिहान फेला पर्नु ‘ठूलो मानवीय त्रासदी’ को प्रमाण भएको बताएका छन्। 

इरानी विदेश मन्त्रालयका प्रवक्ताले मन्त्रालयको वेबसाइटमा प्रकाशित एक वक्तव्यमा नासेर कनानीले चिहानको बारेमा पर्याप्त र पारदर्शी जानकारी प्रदान गर्न क्यानडा सरकारको अनिच्छाको आलोचना गर्दै यसले ‘मानवीय विपत्ति’ को गहिराइको संकेत गरेको उल्लेख छ। 

उनले भने, 'यस्तो देशमा यो ‘भयानक’ अपराध भएको छ।' विलियम्स लेक फर्स्ट नेसन (डब्लुएलएफएन) ले गत बुधबार एक पत्रकार सम्मेलनमा ब्रिटिस कोलम्बियाको एक पूर्व आवासीय विद्यालयमा थप ६६ वटा चिहान फेला परेको घोषणा गरेको थियो।

सन् २०२१ को मे महिनामा ९३ वटा चिहान फेला परेका पूर्वसेन्ट जोसेफ मिसन आवासीय विद्यालयमा नयाँ खोजसँगै हालसम्म १५९ वटा चिहान फेला परेका छन्।

प्रकाशित मिति: १२:२४ बजे, सोमबार, माघ १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्