गोलान हाइट्समा गोली प्रहारः एकको मृत्यु
जेरुसेलम, माघ १५ : इजरायली सेनाले आइतबार सिरियाली सीमानजिकै दुई हतियारधारी व्यक्तिलाई गोली हानेको छ । गोली प्रहारबाट एकजनाको मृत्यु भएको छ भने अर्को घाइते भएको बताइएको छ ।
इजरायली सेनाले जारी गरेको विज्ञप्तिअनुसार दुई व्यक्ति सिरियाबाट सीमा पार गरेर दक्षिणी गोलान हाइट्सको सुरक्षा बारमा पुग्दा उक्त घटना भएको हो। घटनास्थलमा पठाइएका सैनिकहरूले उनीहरूमाथि गोली प्रहार गरेको र इजरायली सेनातर्फ कुनै हताहत नभएको बताइएको छ ।
सिरियामा इरानी लक्ष्यहरूमा इजरायलले बारम्बार हवाई आक्रमण गर्ने बावजुद इजरायल-सिरियाली सीमा धेरै हदसम्म शान्त रहेको छ। गोलान हाइट्स एक विवादित क्षेत्र हो जसलाई इजरायलले सन् १९६७ मध्य पूर्व युद्धमा सिरियाबाट कब्जा गरेको थियो र सन् १९८१ मा गाभिएको थियो । यस क्षेत्रलाई अधिकांश अन्तरराष्ट्रिय समुदायले मान्यता दिएका छैनन् ।
प्रकाशित मिति: १९:०० बजे, आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेबनान र इजरायलबीच युद्धविराम सम्झौता, आजैदेखि लागू हुनेबुधबार, मंसिर १२, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१