उत्तरपश्चिम पाकिस्तानमा डुङ्गा पल्टिँदा १० बालबालिकाको मृत्यु
इस्लामावाद, माघ १५ : पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लास्थित बाँधमा आइतबार डुङ्गा पल्टिँदा १० बालबालिकाको मृत्यु भएको छ ।
जिल्लाको टाँडा बाँधमा २५ जना बालबालिकासहितको डुङ्गा बिहानै पल्टिँदा सो दुर्घटना भएको हो । गोताखोरद्वारा १६ जनालाई उद्धार गरी अस्पताल लगिएको कोहट जिल्लाका उपायुक्त फुरकान अशरफले बताएका छन् ।
बाँधबाट अरु नौ जनाको शव फेला परेको अशरफले बताए भने एक बालकले अस्पताल उपचारकाक्रममा निधन भएको थियो । सिन्ह्वासँग कुरा गर्दै उद्धार संस्था ईधी फाउन्डेसनले बताएअनुसार ती बच्चाहरू गोष्ठीमा आमन्त्रित विद्यार्थीहरू रहेको र घुमफिरका क्रममा बाँधमा गएका थिए ।
प्रकाशित मिति: १८:५३ बजे, आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेबनान र इजरायलबीच युद्धविराम सम्झौता, आजैदेखि लागू हुनेबुधबार, मंसिर १२, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१