Kathmandu Press

श्रीलंकाको अर्थतन्त्र सन् २०२४ मा सुधार हुन्छ : राष्ट्रपति

श्रीलंकाको अर्थतन्त्र सन् २०२२ मा ११ प्रतिशतले ऋणात्मक भएको थियो भने यस वर्ष २०२२ मा अर्थतन्त्रमा सामान्य सुधार आई ३.५ देखि ४ प्रतिशतको हाराहारीमा ऋणात्मक हुने अनुमान छ। 
श्रीलंकाको अर्थतन्त्र सन् २०२४ मा सुधार हुन्छ : राष्ट्रपति

काठमाडाैं, माघ १५ : श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेले मुलुकको अर्थतन्त्रमा सन् २०२४ देखि वृद्धि हुने बताएका छन्। 

श्रीलंकाको अर्थतन्त्र सन् २०२२ मा ११ प्रतिशतले ऋणात्मक भएको थियो भने यस वर्ष २०२२ मा अर्थतन्त्रमा सामान्य सुधार आई ३.५ देखि ४ प्रतिशतको हाराहारीमा ऋणात्मक हुने अनुमान छ। 

राष्ट्रपति विक्रमासिङ्घेले  सरकारद्वारा सञ्चालित आर्थिक सुधारका परियोजनाहरु तथा ऋण पुनर्संरचना कार्यक्रममा अबरोध आए आर्थिक संकटमा मुलुक फस्दै जाने जोखिम अझै रहेको पनि बताए।

श्रीलंकाको अनुराधापुरामा आयोजित एक धार्मिक सभामा सम्बोधन गर्दै राष्ट्रपति विक्रमासिङ्घेले देशको आर्थिक सुधारमा सहयोग गर्न सबैसँग आग्रह गरे।

प्रकाशित मिति: १७:०२ बजे, आइतबार, माघ १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्