Kathmandu Press

प्रार्थनासभा आक्रमणकारीको निवासमा सिलबन्दी

आक्रमणमा तीन जना घाइते भएका थिए। गत बिहीबार इजरायली सेनाले पश्चिमी किनारामा गरेको कारबाहीमा नौ जना प्यालेष्टिनी मारिएपछि प्रार्थनास्थलमा उक्त हमला भएको हो। 
प्रार्थनासभा आक्रमणकारीको निवासमा सिलबन्दी

जेरुसेलम, माघ १५ : गत शुक्रबार पूर्वीजेरुसेलममा प्रार्थनासभाका लागि भेला भएका श्रद्धालुमाथि गोली हानेर सात जनाको हत्या गरेका प्यालेष्टिनी आक्रमणकारीको निवासलाई इजरायली प्रहरीले सिलबन्दी गरेको छ।

आक्रमणमा तीन जना घाइते भएका थिए। गत बिहीबार इजरायली सेनाले पश्चिमी किनारामा गरेको कारबाहीमा नौ जना प्यालेष्टिनी मारिएपछि प्रार्थनास्थलमा उक्त हमला भएको हो। 

प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुको मन्त्रिपरिषद्को गए रातिको निर्णयअनुसार आक्रमणकारीको घर सिलबन्दी गरिएको हो। पश्चिम किनारा र पूर्वीजेरुसेलममा अघिल्लो साता भएका दुईवटा बेग्लाबेग्लै गोलीकाण्डमा सात जना मारिएका थिएभने पाँच जना घाइते भएका थिए।

यो महिनाको प्रारम्भदेखि भएका रक्तपातपूर्ण युद्धमा ३२ जना प्यालेष्टिनी मारिएका छन्। विगत केही दिनयता दुवै पक्षबाट रकेट आक्रमण भइरहेको छ। पछिल्ला आक्रमणले मध्यपूर्वको शान्ति र स्थायित्व जोखिममा परेको छ।

नेभ याकोभस्थित प्रार्थनास्थलमा शुक्रबार राति भएको आक्रमणका दोषीलाई इजरायली सुरक्षाकर्मीले गोली हानेर मारेका थिए। 

प्रकाशित मिति: १६:५८ बजे, आइतबार, माघ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्