कंगाेमा विद्रोहीका कारण विस्थापित हुनेको सङ्ख्या बढ्दै
संयुक्त राष्ट्रसङ्घले पछिल्ला केही महिनायता यहाँका एम २३ नामको विद्रोही समूहले सशस्त्र हमला गर्ने गरेको छ। यस्ता हमलाहरुमा नागरिक पर्ने भएकाले उनीहरुलाई त्यहाँबाट विस्थापित हुने गरेका संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदनले जनाएको छ।संयुक्त राष्ट्रसंघ, माघ १५ : कंगाेमा पछिल्लो समयमा विद्रोहीहरुले हिंसात्मक हमला बढाएका छन्। जसका कारण यहाँका सर्वसाधारण नागरिकहरु विस्थापित हुन पुगेका बताइएको छ।
संयुक्त राष्ट्रसङ्घले पछिल्ला केही महिनायता यहाँका एम २३ नामको विद्रोही समूहले सशस्त्र हमला गर्ने गरेको छ। यस्ता हमलाहरुमा नागरिक पर्ने भएकाले उनीहरुलाई त्यहाँबाट विस्थापित हुने गरेका संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदनले जनाएको छ।
संयुक्त राष्ट्रसङ्घीय मानवीय सहयतासम्बन्धी एजेन्सीको एक रिपोर्टअनुसार यहाँका ९० हजार मानिस केही हप्तायतामात्र विस्थापित हुन पुगेका छन्। कङ्गोको सरकारी सुरक्षा फौज र उक्त विद्रोही समूहका बीचमा पछिल्ला हप्ताहरुमा भएका झडपहरुमा नागरिक पनि पर्ने गरेका छन्।
जसका कारण स्थानीय नागरिक भागेर अन्यत्रै जाने गरेका संयुक्त राष्ट्रसङ्घीय उक्त एजेन्सीले जनाएको छ। खासगरी उत्तरी कङ्गोको किभु प्रान्तमा यस्तो विद्रोह हुने गरेको बताइएको छ।
सो विद्रोहमा परेर कम्तीमा पनि ९० हजार स्थानीय नागरिक त्यहाँबाट विस्थापित भएका र उनीहरुलाई मानवीय सहायताको खाँचो परेको संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले बताएका छन्।
उनले सरकारी सुरक्षा फौजमाथि तथा सो प्रान्तका सरकारी अधिकारी एवं स्थानीय सर्वसाधारलाई नै विद्रोहीले तारो बनाउने गरेका बताए। पछिल्लो हमलाहरुमा कैयौँ नागरिकको ज्यान गएको छ भने हजारौँ जना आफ्ना घरबास छोडेर भागेका छन्।