Kathmandu Press

भोजपुर रंगशालाको काम ९८ प्रतिशत सम्पन्न

कार्यालयका प्रमुख सुरेश शाहले रंगशाला निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिँदै निर्धारित समयभित्र सम्पन्न हुने बताए। प्रदेश नं १ सरकारको रू १४ करोड पाँच लाख लागतमा रंगशाला निर्माण गरिएको हो। 
भोजपुर रंगशालाको काम ९८ प्रतिशत सम्पन्न

भोजपुर, माघ १५ : भोजपुर अन्तर्राष्ट्रिय रंगशालाको काम ९८ प्रतिशत सम्पन्न भएको छ। कोदारमा २०७६ साल कात्तिकबाट निर्माण शुरु भएकामा हालसम्म ९८ प्रतिशत निर्माण सम्पन्न भएको शहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाले जनाएको छ। 

कार्यालयका प्रमुख सुरेश शाहले रंगशाला निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिँदै निर्धारित समयभित्र सम्पन्न हुने बताए। प्रदेश नं १ सरकारको रू १४ करोड पाँच लाख लागतमा रंगशाला निर्माण गरिएको हो। 

Hardik ivf

सात हजार वर्गमिटरको रंगशालामा पाँच हजार मानिस अट्न सक्ने गरी सात वटा प्याराफिट निर्माण गरिएको छ। कुल २५ रोपनी क्षेत्रफलमा फैलिएको रंगशालाको दक्षिणतर्फ ८० मिटर चौडाइ, उत्तरतर्फ ५५ मिटर चौडाइ, पूर्वतर्फ एक सय दुई मिटर लम्बाइ र पश्चिमतर्फ एक सय पाँच मिटर लम्बाइ छ। 

निर्माणाधीन रंगशालामा प्याराफिट, कभर्डहल, रिटेनिङ वाल, कार्यालय तथा क्यान्टिन भवन, शौचालयलगायतका पूर्वाधारको काम सम्पन्न भइसकेको निर्माण कम्पनीले रायमाझी, मार्सेली निर्माण जेभीले जानकारी दिएको छ।

सम्झौता अनुसारको सम्पूर्ण संरचना तयार गरेर हस्तान्तरणको अन्तिम चरणमा रहेको निर्माण कम्पनीका प्रमुख श्यामकुमार श्रेष्ठले बताउनुभयो। उनका अनुसार यो महिनाभित्र काम सम्पन्न गरी हस्तान्तरण गरिनेछ।
 
विसं २०६४ मा जिल्ला विकास समिति बोर्डले रू ५५ लाखमा जिल्ला खेलकुद परिषद्मार्फत् रंगशालाका लागि जग्गा खरिद गरेको थियो। जिविसले केही रकम छुट्याएर स्तरोन्नतिको काम थाले पनि बजेट अभावका कारण रोकिएको थियो।

प्रदेश नं १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईले भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकामा शिलान्यास गरेको अन्तर्राष्ट्रियस्तरको ‘मीरा राई र¬ङ्गशाला’को निर्माण तीव्रगतिमा भइरहेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको रू ५५ लाख र प्रदेश १ सरकारको रू एक करोड ३५ लाख लगानीमा सो रंगशाला निर्माण भइरहेको छ। 

यस्तै प्रदेश सरकारको योजना अन्तर्गत रू छ करोड लागतमा षडानन्द नगरपालिकामा पनि दिङ्ला रंगशाला निर्माण भइरहेको छ। साथै प्रदेश १ सरकारको रू ५० लाखको लागतमा टेम्केमैयुङ गाउँपालिकाको छिनामखु खेलमैदान, रू २५ लाखमा हतुवागढी गाउँपालिका–१, रानीबासको सल्लेमा क्षेत्रीयस्तरको खेलकुद रंगशाला निर्माण भइरहेको छ।

पछिल्लो समय जिल्लामा धमाधम खेलकुद संचरना बनेपछि  खेलाडी तथा खेलप्रेमी उत्साहित बनेका छन्। अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणले भोजपुरवासीमा उत्साह थपेको छ।

प्रकाशित मिति: १३:२४ बजे, आइतबार, माघ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्