Kathmandu Press

उपकार र सिभिल लघुवित्तले घोषणा गरे लाभांश

उपकार लघुवित्त वित्तीय संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
उपकार र सिभिल लघुवित्तले घोषणा गरे लाभांश

काठमाडाैं, माघ १५ : उपकार र सिभिल लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन्।

उपकार लघुवित्त वित्तीय संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

लघुवित्तले ६१ दशमलव ७५ प्रतिशत बोनस शेयर र ३ दशमलव २५ प्रतिशत नगद गरी ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

सिभिल लघुवित्त वित्तीय संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ११ दशमलव ५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

लघुवित्तले ११ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५८ प्रतिशत नगद गरी कूल ११ दशमलव ५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ।

प्रकाशित मिति: १२:१४ बजे, आइतबार, माघ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्