Kathmandu Press

संयुक्त राष्ट्रसंघका महासचिवद्वारा घृणायुक्त भाषण रोक्न आह्वान

'अनलाइन संसार मुख्य कारणहरू मध्ये एक हो जसमा घृणायुक्त भाषण, चरम विचारधाराहरू र गलत सूचनाहरू विश्वभर द्रुत रूपमा फैलिएको छ,' संयुक्त राष्ट्रसंघका प्रमुखले भनेका छन्। उनले  यस किसिमको गलत सूचना र विचारको फैलावटलाई रोक्न सबैसँग आह्वान गरेका छन्।
संयुक्त राष्ट्रसंघका महासचिवद्वारा घृणायुक्त भाषण रोक्न आह्वान

संयुक्त राष्ट्रसंघ, माघ १४ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार घृणायुक्त भाषण, अतिवाद र गलत सूचनालाई रोक्न 'गार्डरेल' स्थापना गर्न आग्रह गरेका छन्।

'अनलाइन संसार मुख्य कारणहरू मध्ये एक हो जसमा घृणायुक्त भाषण, चरम विचारधाराहरू र गलत सूचनाहरू विश्वभर द्रुत रूपमा फैलिएको छ,' संयुक्त राष्ट्रसंघका प्रमुखले भनेका छन्। उनले  यस किसिमको गलत सूचना र विचारको फैलावटलाई रोक्न सबैसँग आह्वान गरेका छन्।

न्युयोर्कमा संयुक्त राष्ट्रसंघको मुख्यालयमा नरसंहारको सम्झनामा आयोजित कार्यक्रममा संयुक्त राष्ट्रसंघका प्रमुखले  सो धारणा  राखेका हुन्। संयुक्त राष्ट्रसंघ प्रमुखले भने, 'मानिसहरू यस्तो संसारमा बाँचिरहेका छन्। जहाँ आर्थिक सङ्कटले असन्तुष्टि पैदा गरिरहेको छ।'

'जनवादी डेमोगोगहरूले संकटलाई भोट जित्न प्रयोग गरिरहेका छन्।  गलत सूचना षड्यन्त्र-सिद्धान्तहरू : घृणायुक्त भाषणहरू त्यसका निम्ति व्याप्त बनेको छ,' महासविवको टिप्पणी छ।

महासचिवले सामाजिक मिडिया प्लेटफर्महरू र तिनीहरूका विज्ञापनदाताहरू अतिवादलाई मूलधारमा लैजानमा संलग्न रहेको र इन्टरनेटका धेरै भागहरूलाई 'घृणा र झुट विवरणका  लागि विषाक्त फोहोर डम्प'मा परिणत गरिएको उनको तर्क छ।

प्रकाशित मिति: १८:२० बजे, शनिबार, माघ १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्