Kathmandu Press

जेरूसेलममा सातको हत्या गर्ने आक्रमणकारीका परिवारसहित ४२ जना पक्राउ

आक्रमणमा उनीहरू संलग्न रहेको आशङ्का सोधपुछका लागि पक्राउ गरिएको इजरायली प्रहरी आज एक विज्ञप्ति निकालेर जनाएको छ।
जेरूसेलममा सातको हत्या गर्ने आक्रमणकारीका परिवारसहित ४२ जना पक्राउ

जेरुसेलम, माघ १४ : पूर्वी जेरुसेलममा प्रार्थनासभाका लागि भेलाभएका श्रद्धालुमाथि बन्दुकधारी एक प्यालेष्टिनीले शुक्रबार सात जनाको हत्या गरेपछि प्रहरीले आक्रमणकारीका परिवारका सदस्यसहित ४२ जनालाई शनिबार पक्राउ गरेको छ। 

आक्रमणमा उनीहरू संलग्न रहेको आशङ्का सोधपुछका लागि पक्राउ गरिएको इजरायली प्रहरी आज एक विज्ञप्ति निकालेर जनाएको छ।

विज्ञप्तिमा पक्राउ परेकाहरूका सम्बन्धमा विस्तृत विवरण नदिए पनि उनीहरू  पूर्वी जेरुसेलमको समीप प्यालेष्टाइनका बासिन्दा भएका जनाइएको छ। 

प्यालेष्टिनी लडाकु समूहले आक्रमणको प्रशंसा गरे पनि त्यसको जिम्मेवारी लिएको छैन। उक्त समूहले पश्चिम किनारा र गाजापट्टीमा मिठाइ बाँडेर खुशीयाली मनाएको  थियो।

पश्चिम किनारामा इजरायलले गरेको सुरक्षा कारबाहीमा नौ जना प्यालेष्टिनी मारिएको अर्को दिन उक्त आक्रमण भएको हो।  इजरायलले उक्त आक्रमणलाई आतंकवादी हमला भनेको छ। 

प्रकाशित मिति: १७:१८ बजे, शनिबार, माघ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्