Kathmandu Press

आप्रवासी सवार डुंगा डुब्दा पाँच जनाको मृत्यु, १२ जना बेपत्ता

गम्भीर आर्थिक सङ्कटका कारण अमेरिकातर्फ पलाउन भएका उनीहरूको डुंगा डुब्दा ज्यान गएको हो।
आप्रवासी सवार डुंगा डुब्दा पाँच जनाको मृत्यु, १२ जना बेपत्ता

हवाना, माघ १४ : डुङ्गा चढेर क्युवाबाट संयुक्त राज्य अमेरिकाका लागि हिँडेका पाँच जना क्युबाली आप्रवासीको डुबेर मृत्यु भएको छ भने अन्य १२ जना हराइरहेका छन्।

गम्भीर आर्थिक सङ्कटका कारण अमेरिकातर्फ पलायन भएका उनीहरूको डुंगा डुब्दा ज्यान गएको हो।

शक्तिशाली छालमा डुङ्गा डुबेको जीवित उद्धार गरिएकाहरूलाई उद्धृत गर्दै क्युवाको आधिकारीक समाचारपत्र क्युवाडेबेटले जनाएको छ।

समुद्रबाट तटरक्षकहरूले ११ जनालाई उद्धार गरेका थिए। डुङ्गामा सवार १२ जना अझै हराइरहेका छन्। विगत केही महिनायता फ्लोरिडाको समुद्री मार्गबाट अमेरिका प्रवेश गर्ने आप्रवासीको सङ्ख्या बढेको छ।

अमेरिकी तट रक्षकहरूले गत अक्टोबर १ देखि हालसम्म पाँच हजार तीन सय २१ जना क्युबालीलाई समुद्रमा रोकेका थिए भने त्यसअघिका पहिलो नौ महिनामा छ हजार एक सय ८२ जनालाई आफ्नो भूमिमा प्रवेश गर्न दिएका थिएनन्।

प्रकाशित मिति: १७:१५ बजे, शनिबार, माघ १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्