अजरबैजान दूतावास आक्रमणमा एक जना मारिए
तेहरान, माघ १३ : यहाँस्थित अजरबैजानको राजदूतावासमा आज बिहान भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइेत भएका छन् । घाइतेको अवस्था सामान्य छ ।
आक्रमणकारीले दूतावासका सुरक्षा प्रमुखलाई दूतावासको अग्रभागमा मोटर पार्क गर्दा आक्रमण गरेको तेहरान प्रहरी प्रमुख होसिन रहमानीले बताएका छन् । उनलाई प्रहार गरेपछि आक्रमणकारी बन्दुक बोकेर दूतावासभित्र प्रवेश गरेको थियो । साथमा उसका दुई जना बालबच्चा पनि थिए । आक्रमाणकारीलाई पक्राउ गरिएको छ । पारिवारिक एवम् व्यक्तिगत कारणले आक्रमण भएको प्रहरी प्रमुखले बताएका छन् ।
यसैबीच, अजरबैजानले उक्त आक्रमणका निम्ति इरानलाई दोषी ठहर्याएको छ । आफ्ना कर्मचारीलाई सुरक्षितस्थलमा लैजाने बताएको छ । आतङ्वादी आक्रमणका निम्ति इरान जिम्मेवार रहेको अजरवैजानको विदेश मन्त्रालयका पैवक्ता आहान हाकिजदाले स्थानीय सञ्चार माध्यमलाई बताएका छन् । बाकुमा उनले जानकारी दिएअनुसार इरानस्थित आफ्नो दुतावासका कर्मचारीलाई त्यहाँबाट हटाइएका बताए । राष्ट्रपति इल्हाम आलिएभले आफ्नो दूतावासमा भएको आक्रमणको निन्दा गरेका छन।