Kathmandu Press

‘शान्ति स्थापनाका निम्ति विकासलाई प्राथमिकता दिनैपर्छ’

जनतामा लगानी गर्नेसम्बधी सुरक्षा परिषद्को छलफलमा  संयुक्त राष्ट्रसङ्घका चीनका स्थायी प्रतिनिधि झाङ जुनले शान्ति स्थापना दिगो शान्ति अनुभूत गर्ने प्रयासको महत्वपूर्ण अंश भएको उल्लेख गर्दै त्यसका लागि जटिल चुनौतीको वर्तमान परिप्रक्ष्यमा विकासलाई प्राथमिकतामा राख्नुको विकल्प नरहेको बताए। 
‘शान्ति स्थापनाका निम्ति विकासलाई प्राथमिकता दिनैपर्छ’

संयुक्त राष्ट्रसंघ, माघ १३ :  चीनले विश्वमा शान्ति स्थापना गर्न विकासलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ। संयुक्त राष्ट्रसङ्घका चीनका स्थायी प्रतिनिधिले वर्तमान परिस्थितिमा विकासका माध्यमबाट नै शान्ति स्थापना गर्न सहज हुने बताएका हुन्। 

जनतामा लगानी गर्नेसम्बधी सुरक्षा परिषद्को छलफलमा  संयुक्त राष्ट्रसङ्घका चीनका स्थायी प्रतिनिधि झाङ जुनले शान्ति स्थापना दिगो शान्ति अनुभूत गर्ने प्रयासको महत्वपूर्ण अंश भएको उल्लेख गर्दै त्यसका लागि जटिल चुनौतीको वर्तमान परिप्रक्ष्यमा विकासलाई प्राथमिकतामा राख्नुको विकल्प नरहेको बताए। 

अधिकभन्दा अधिक विकासोन्मुख देशका लागि विकास नै पहिलो आकाङ्क्षा र चाहना भएको वास्तविकता प्रस्तुत गर्दै चिनियाँ राजदूतले उनीहरूका असङ्ख्य चुनौतीमध्ये विकास नै प्रमुख समस्या भएको बताए। उनले द्वन्द्वबाट मुक्त भएका देशलाई विकास सहायता अझ अधिक आवश्यक भएको बताउँदै विकासका विषयलाई वेवास्ता गर्न नहुनेमा जोड दिए। 

विकसित देशले गरिबी घटाउने, जनजीविका सवालमा काम गर्ने, शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकता पूरा गर्ने संरचना निर्मााण्का निम्ति स्रोत परिचालन गर्नु अपरिहार्य भएको बताउँदै चिनियाँ राजदूतले त्यसबाट शान्ति निर्माणमा सहयोग पुग्ने विचार व्यक्त गरे। अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूलाई विकासका परियोजनमा धेरैभन्दा धेरै लगानी गर्न आह्वान पनि गरे। 

प्रकाशित मिति: १६:५० बजे, शुक्रबार, माघ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्