Kathmandu Press

दक्षिण अफ्रिकाबाट बाह्रवटा चितुवा ल्याउँदै भारत

मध्यप्रदेशको कुनो राष्ट्रिय वन्यजन्तु निकुञ्जमा ती चितुवा राखिने छ। उक्त निकुञ्जमा हाल नामिवियाबाट ल्याइएका आठ वटा चितुवा छन्। 
दक्षिण अफ्रिकाबाट बाह्रवटा चितुवा ल्याउँदै भारत

काठमाडाैं, माघ १३ : आगामी महिना भारतले दक्षिण अफ्रिकाबाट १२ वटा चितुवा ल्याउने भएको छ।

मध्यप्रदेशको कुनो राष्ट्रिय वन्यजन्तु निकुञ्जमा ती चितुवा राखिने छ। उक्त निकुञ्जमा हाल नामिवियाबाट ल्याइएका आठ वटा चितुवा छन्। 

भारत सरकारको चितुवा पुनः स्थापना गर्ने परियोजना कार्यान्वयन गर्न आगामी आठदेखि १० वर्षमा एक सय वटा चितुवा भारत ल्याउने सहमति दक्षिण अफ्रिकासँग भएको छ।

दक्षिण अफ्रिकाको वातावरण मन्त्रालयका अनुसार चितुवा पुनःस्थापना भारत सरकारको प्राथमिकतामा परेको तथा स्थानीय समुदायको जीवन यापनमा राष्ट्रिय निकुञ्जमार्फत योगदान हुने भारतको अपेक्षा छ।

सहमतिअनुसार दक्षिण अफ्रिकाले आगामी आठदेखि १० वर्षसम्म वर्सेनि १२ वटा चितुवा भारत पठाउने छ।

प्रकाशित मिति: १६:४० बजे, शुक्रबार, माघ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्