Kathmandu Press

इराक र फ्रान्सबीच सहकार्यको सहमति

इराकी प्रधानमन्त्री बिहीबार भएको फ्रान्सको भ्रमणका बेला उक्त सम्झौतामा हस्ताक्षर भएको हो।
इराक र फ्रान्सबीच सहकार्यको सहमति

बग्दाद, माघ १३ : इराक र फ्रान्सबीच विविध क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्धन गर्नेसम्बन्धी रणनीतिक साझेदारीको सम्झौता भएको छ। सम्झौताअनुसार दुवै देशले ऊर्जा र सुरक्षा मामिलामा सहयोग आदानप्रदान गर्नेछन्। 

इराकी प्रधानमन्त्री बिहीबार भएको फ्रान्सको भ्रमणका बेला उक्त सम्झौतामा हस्ताक्षर भएको हो। प्रधामन्त्री मोहम्मद शिया अल सुडानीले आफ्ना फ्रान्सेली समकक्षी एलिसावेथ बोर्न र राष्ट्रपति इम्यानुएल म्यात्रोँसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको थियो। 

Hardik ivf

फ्रान्सेली नेतृत्वसँगको भेटवार्तामा इराक–फ्रान्स सम्बन्धका साथै क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय चासोका साझा विषयमा विचारविमर्श भएको इराकी अधिकारीहरूले बताएका छन्।

दुवै देशले आतङ्वाद र अतिवादविरुद्ध संयुक्तरूपमा  काम गर्ने, सांस्कृतिक आदानप्रदान, सङ्कट व्यवस्थापन, आर्थिक एवम् सङ्गठित अपराधविरुद्ध एक हुने, वातावरण तथा मानवअधिकार संरक्षण पारस्परिक सहमति भएको छ। 

प्रकाशित मिति: १६:३५ बजे, शुक्रबार, माघ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्