Kathmandu Press

इरानद्वारा तीन हजार अफगान शरणार्थी फर्काइए

अफगान शरणार्थीहरूको बलपूर्वक निर्वासन र हिरासत राख्ने क्रम जारी रहेको जनाइएको छ। हालै तीन हजार एक सय २३ अफगान आप्रवासीहरूलाई इरानबाट निष्कासित गरिएको थियो। 
इरानद्वारा तीन हजार अफगान शरणार्थी फर्काइए

काबुल , माघ १३ : इस्लाम काला र पुले अब्रिशुम सीमाहरू हुँदै हाल इरानबाट तीन हजार भन्दा बढी अफगान शरणार्थीहरूलाई देश निकाला गरिएको खामा प्रेसले जनाएको छ। 

अफगान शरणार्थीहरूको बलपूर्वक निर्वासन र हिरासत राख्ने क्रम जारी रहेको जनाइएको छ। हालै तीन हजार एक सय २३ अफगान आप्रवासीहरूलाई इरानबाट निष्कासित गरिएको थियो। 

Hardik ivf

तालिबान नेतृत्वमा अफगानिस्तानको शरणार्थीहरुलाई स्वदेश फिर्ता गरिरहेको शरणार्थी मन्त्रालयले जनाएको छ। मन्त्रालयले जनवरी २४ र २५ मा क्रमशः ३ हजार एक सय २३ अफगानी आप्रवासीलाई इरानबाट निकालिएको घोषणा गरेको छ।

इरानमा पछिल्लो समय अफगान नागरिकलाई हिरासतमा राखेर जबरजस्ती अफगानिस्तान पठाइएको छ। धेरै अफगानहरूले आफ्नो जीवनको चिन्ता र डरलाग्दो आर्थिक अवस्थाको कारण देश छोडेका थिए।  इरानमा हाल ४० लाखभन्दा बढी अफगानीहरू बसोबास गरिरहेका देशको विदेश मन्त्रालयले जनाएको छ।  

 इरानबाट फर्केका शरणार्थीहरु हेरात र निमरुज प्रान्तहरू हुँदै अफगानिस्तान प्रवेश गरेका तालिबान अधिकारीहरूले जनाएका छन्। इरानी अधिकारीहरूलाई अफगान शरणार्थीहरूसँग शिष्ट व्यवहार गर्न आग्रह गरिएको छ। 

गत वर्ष अगस्टमा अफगानिस्तानमा तालिबानले नियन्त्रण लिएपछि हजारौं अफगानीहरू तालिबानको सत्ताका कारण  मृत्युको डरले देश छोडेर भागेका थिए।

पाकिस्तान तालिबानले पुनः नियन्त्रणमा लिएपछि अफगानिस्तानसँग सीमा जोडिएका दुई राष्ट्र इरान र  पाकिस्तानमा  ठूलो सङ्ख्यामा बसाइँसराइको लहर चलेको खामा प्रेसले जनाएको छ। 

प्रकाशित मिति: १६:३३ बजे, शुक्रबार, माघ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्