Kathmandu Press

बन्द उद्योग सञ्चालन गर्न सरकारले वातावरण बनाउँछ : मन्त्री भण्डारी

शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा नेपाल उड इन्टरनेशनल एक्स्पो तथा नेपाल इन्टरनेशनल फर्निचर एन्ड होम डेकोर इन्टरनेसनल एक्स्पोको उद्घाटन गर्दै मन्त्री भण्डारीले बन्द भएका उद्योग सञ्चालनको वातावरण बनाउने बताएका हुन्।
बन्द उद्योग सञ्चालन गर्न सरकारले वातावरण बनाउँछ : मन्त्री भण्डारी

काठमाडाैं, माघ १३ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका सरकारी तथा निजी उद्योग सञ्चालनका लागि सरकारले आवश्यक वातावरण बनाउने बताएका छन्। 

शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा नेपाल उड इन्टरनेशनल एक्स्पो तथा नेपाल इन्टरनेशनल फर्निचर एन्ड होम डेकोर इन्टरनेसनल एक्स्पोको उद्घाटन गर्दै मन्त्री भण्डारीले बन्द भएका उद्योग सञ्चालनको वातावरण बनाउने बताएका हुन्।

उनले उद्योगी व्यवसायीका समस्या सुनेरै समस्या समाधान गरिने भन्दै विदेशी लगानीकर्तालाई नेपालमा ढुक्क भएर लगानी गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको पनि बताए।

मुलुकमा उद्योग व्यवसायको स्थिति खस्किनुको कारण पहिचान गरी समस्या समाधानको खोजी गर्ने उनको भनाइ छ।

माघ १५ गतेसम्म सञ्चालन हुने एक्सपोमा विभिन्न देशका एक सयभन्दा बढी ब्राण्डका प्रदर्शनी कक्ष तथा यस क्षेत्रमा कार्यरत व्यवसायी एवं संस्थाको सहभागिता रहेको आयोजक मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले जनाएको छ । 

प्रकाशित मिति: १६:१२ बजे, शुक्रबार, माघ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्