Kathmandu Press

आप्रवासनलाई व्यवस्थित गर्नुपर्ने युरोपियन मन्त्रीहरुको चासो

उनीहरुले युरोपका देशहरुमा अन्य देशबाट आएका आप्रवासीहरुको अवस्था निकै अव्यवस्थित रहेकाले यस विषयमा सोच्नुपर्ने बताएका हुन्।
आप्रवासनलाई व्यवस्थित गर्नुपर्ने युरोपियन मन्त्रीहरुको चासो

स्टकहोम, माघ १३ : युरोपियन युनियनआबद्ध मन्त्रीहरुले नागरिकहरुको अवैध रुपमा हुने गरेको आप्रवासनलाई व्यवस्थित गर्नुपर्ने बताएका छन्।

उनीहरुले युरोपका देशहरुमा अन्य देशबाट आएका आप्रवासीहरुको अवस्था निकै अव्यवस्थित रहेकाले यस विषयमा सोच्नुपर्ने बताएका हुन्।

Hardik ivf

स्टकहोममा भएको युरोपियन युनियनका गृह तथा न्याय मन्त्रीहरुको बैठकमा सो विषयमा छलफल भएको बताइएको छ।
 
उनीहरुले विभिन्न समस्याका कारण अन्य देशहरुबाट युरोपियन युनियनका देशमा आप्रवासीहरु छिर्ने गरेका र उनीहरु निकै असुरक्षित रुपमा छिर्ने गरेका पनि देखिएकाले ती नागरिकको सुरक्षा तथा सुरक्षित रुपमा स्वदेश फिर्ताका लागि पहल हुनुपर्नेमा जोड दिएका हुन्।
 
उनीहरु युरोप छिर्ने र यी देशहरुमा शरण माग्ने गरेका र उनीहरुलाई अफ्ना देशमा फिर्ता गर्नका लागि विभिन्न खालका समस्या रहेका पनि मन्त्रीहरुले बताएका छन्।

यसका लागि युरोपका देशहरु तयार भए पनि उनीहरुलाई शरण दिने र यहाँका देशमा बसोबासका लागि आवश्यक मात्रामा सहयोग गर्ने काम निकै नै चुनौतीपूर्ण देखिएको ती मन्त्रीहरुको निष्कर्ष थियो। 

सो बैठकमा ती नागरिकहरुमध्ये धेरैजसो शरणार्थीका रुपमा युरोपेली देशहरुमा प्रवेश गर्ने गरेकाले उनीहरुका सम्बन्धित देशका साथै युरोपका सबै देशले आपसमा समन्वय गर्नुपर्ने पनि सो बैठकमा सहमति भएको थियो।

पछिल्ला वर्षहरु तेस्रो देशमा जारी विभिन्न समस्या एवं युद्धका कारण शरणार्थीका रुपमा युरोप छिर्ने व्यक्तिहरुको सङ्ख्या बढ्दै गएको देखिएको छ।

प्रकाशित मिति: १३:०८ बजे, शुक्रबार, माघ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्