Kathmandu Press

इराकमा १४ जनालाई मृत्युदण्ड

नागरिक हत्यामा संलग्न पाइएको भन्दै यहाँको एक अदालतले ती १४ जनालाई मृत्युदण्डको सजाय बिहीबार सुनाएको हो।
इराकमा १४ जनालाई मृत्युदण्ड

बगदाद, माघ १३ : इराकी अदालतले यहाँका कम्तीमा पनि १४ जना आतंककारीलाई मृत्युदण्डको सजाय सुनाएको छ। ती व्यक्ति नागरिकको आमहत्यामा संलग्न रहेको पाइएको थियो।

नागरिक हत्यामा संलग्न पाइएको भन्दै यहाँको एक अदालतले ती १४ जनालाई मृत्युदण्डको सजाय बिहीबार सुनाएको हो।

सन् २०१४ मा इराकको टिक्रिट सहरमा आइएस आतंककारीहरुले कब्जा गर्ने प्रयास गरेका थिए। त्यसक्रममा कम्तीमा पनि एक हजार ७०० जना इराकी सैनिक मारिएका थिए। 

यसरी आम रुपमा मारिएका ती सैनिकको हत्यामा संलग्नताको पुष्टि भएपछि उनीहरुलाई मृत्युदण्डको सजाय सुनाइएको हो।  इराकी सहर टिक्रिटलाई कब्जा गर्ने क्रममा आइएसले सो समयमा यहाँका सैनिकमाथि धावा बोलेका थिए। 

उनीहरुले ड्युटीमा रहेका सैनिकमाथि हमला गरेका थिए। ती भिडियोहरु सो समयमा पनि सार्वजनिक भएका थिए। ती सैनिकको हत्यामा संलग्नको खोजी यहाँको सेनाले लामो समयदेखि गरिरहेको थियो।

प्रकाशित मिति: १३:०२ बजे, शुक्रबार, माघ १३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्