मुलुकको शोधनान्तर सकारात्मक, तरलता सुधार हुँदै : गभर्नर अधिकारी
बिहीबार उदयपुरको चौदण्डीगढी नगरपालिकामा सरस्वतीको मन्दिर उद्घाटन गर्दै गभर्नर अधिकारीले विगत १४ महिनादेखि देखिएको शोधनान्तर घाटाको अवस्था गत असोजदेखि सुधार भएको र त्यसको सकारात्मक असर तरलतामा परेको बताए।
काठमाडाैं, माघ १२ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको शोधनान्तर अवस्था सकारात्मक भएकाले तरलता सुधार हुँदै गएको बताएका छन्।
बिहीबार उदयपुरको चौदण्डीगढी नगरपालिकामा सरस्वतीको मन्दिर उद्घाटन गर्दै गभर्नर अधिकारीले विगत १४ महिनादेखि देखिएको शोधनान्तर घाटाको अवस्था गत असोजदेखि सुधार भएको र त्यसको सकारात्मक असर तरलतामा परेको बताए।
उनले शोधनान्तर अवस्था र तरलतामा सुधार हुँदै गएकाले नै व्याजदर घट्दै गएको र छिटै कर्जामा पनि यसको असर देखिने धारणा राखे।
२ करोड भन्दा कम ऋण लिने साना व्यवसायीहरुलाई बेस रेटमा दुई प्रतिशत भन्दा बढि थप लिन नमिल्ने व्यवस्था राष्ट्र बैंकले गरेको उनले बताए। अधिकारीले वित्तिय समावेशीकरणको नीति अवलम्बन गरी सबै नेपालीलाई बैंकिङ कारोवारमा जोड्ने अभियान सुरु गरिएको जानकारी दिए।
चौदण्डीगढी नगरपालिका ६ बेल्टार स्थित ज्योति माद्यामिक बिद्यालयमा चौदण्डीगढी-७ का वडाध्यक्ष केशव अधिकारी दम्पतीले करिव १५ लाखको लागतमा सरस्वती मन्दिर निर्माण गरिएको हो।