सुनको मूल्य हालसम्मकै उच्च
बिहीबार छापावल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय र तेजावी सुनको मूल्य १ लाख ६ हजार ४ रूपैयाँ छ।
काठमाडौं, माघ १२ : नेपालमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ छ । यो नेपाली सुन बजारको सबैभन्दा उच्च मूल्य हो ।
तेजावी सुनको मूल्य १ लाख ६ हजार ४ रहेको महासंघले जनाएको छ। यस्तै चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ छ ।
यसअघि सुनको उच्चतम् मूल्य तीन दिन अघि १० माघमा कायम भएको थियो।
मूल्य बढेपछि सुनको कारोबार गत सातादेखि नै प्रभावित भएको महासंघले जनाएको छ। मूल्य १ लाखबाट माथि लागेपछि सुनको नया“ गहना खरिद गर्न आउनेहरू घटेका छन्।
प्रकाशित मिति: १२:३१ बजे, बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











