Kathmandu Press

भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १५औं वर्षमा

नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले १४ वर्ष पार गरेको हो।
भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १५औं वर्षमा

काठमाडाैं, माघ १० : नेपालको भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १४ वर्ष पुरा गरेर १५औं वर्षमा प्रवेश गरेको छ।

नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले १४ वर्ष पार गरेको हो।

Hardik ivf

मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै इसेवाले डिजिटल अर्थतन्त्र निर्माणमा थप सेवा सुविधा ल्याउने प्रतिबद्धता समेत जनाएको छ।

पत्रकार सम्मेलनमा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले आगामी दिनमा अहिले भइरहेका सेवालाई थप परिस्कृत गर्दै वित्तीय सेवालाई सहज बनाइ डिजिटल अर्थतन्त्रलाई बलियो बनाउँद लैजाने बताए।

१४औं वार्षिक उत्सवको अवशरमा इसेवाले बुधवार बिहान ९ बजेदेखि दिउसो ३ बजेसम्म हुने कारोबारमा विभिन्न अफरहरू सार्बजनिक गरेको छ। 

प्रकाशित मिति: १८:३२ बजे, मंगलबार, माघ १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्