Kathmandu Press

लक्षित आर्थिक वृद्धिदर हासिल गर्न सरकार प्रयासरत : अर्थमन्त्री पाैडेल

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८औं वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले अहिले मुलुकको आर्थिक अवस्था नाजुक रहेको भन्दै चालु आर्थिक वर्षका लागि लक्षित आर्थिक वृद्धिदर हासिल गर्न सरकार प्रयासरत रहेको बताएका हुन्।
लक्षित आर्थिक वृद्धिदर हासिल गर्न सरकार प्रयासरत : अर्थमन्त्री पाैडेल
Hardik ivfHardik ivf

काठमाडाैं, माघ १० : उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षका लागि लक्षित आर्थिक वृद्धिदर हासिल गर्न सरकार प्रयासरत रहेको बताएका छन्।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८औं वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले अहिले मुलुकको आर्थिक अवस्था नाजुक रहेको भन्दै चालु आर्थिक वर्षका लागि लक्षित आर्थिक वृद्धिदर हासिल गर्न सरकार प्रयासरत रहेको बताएका हुन्।

अर्थतन्त्रमा अनेकौँ चुनौती भोग्नुपरेको भन्दै उनले यसको समाधानका लािग आवश्यक काम गर्न बाँकी रहेको जिकिर गर्नुभयो। उनले सार्वजनिक संस्थानमा सरकारका तर्फबाट कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप नहुने स्पष्ट पारे। मन्त्री पौडेलले सार्वजनिक खर्च कटौतीलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै संस्थानले पनि खर्चमा मितव्ययिता अपनाउनुपर्ने बताए।

त्यस्तै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निजी वाणिज्य बैंकहरु मर्जरमा गएको भन्दै सरकारी बैंकहरुले पनि सोच्ने बेला आएको बताए। सरकारी बैंकको केही क्षेत्रमा गएको कर्जा गलत प्रयोग भयो कि भन्ने आशंका जन्मिएको पनि बताए।

वार्षिकोत्सवका अवसरमा बैंकले आरबीबी डिजिटल संसार सेवासमेत शुरु गरेको छ। बैंकले गत आर्थिक वर्ष २०७८÷७९ मा लगानीकर्तालाई १२ दशमलव पाँच प्रतिशत लाभांश वितरण गरेको छ। बैंकको कुल चुक्ता पुँजी रू १५ अर्ब ६३ करोड छ।

प्रकाशित मिति: १७:४४ बजे, मंगलबार, माघ १०, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्