Kathmandu Press

बेथानचोकमा महिला जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम

बेथानचोकमा महिला जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम

काभ्रे, माघ ९ : बेथानचोक गाउँपालिकामा महिला जनप्रतिनिधिका लागि सञ्चालित नेतृत्व विकास एवम् उद्घोषण सम्बन्धि पालिकास्तरीय ७ दिने तालिम सोमबार सम्पन्न भएको छ।

बेथानचोक  गाउँपालिका  महिला  बालबालिका  तथा  ज्येष्ठ  नागरिक  शाखाद्वारा आयोजित एक हप्ते तालिम कार्यक्रममा वडा नं. १ देखि ६ सम्मका महिला तथा दलित महिला जनप्रतिनिधिहरुको सहभागिता थियो। कार्यक्रम माघ ३ गते सुरु भएको थियो ।

Hardik ivf

कार्यक्रममा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले संवैधानिक प्रावधानअनुसार स्थानीय तहमा महिला जनप्रतिनिधिको संख्यात्मक परिमाण उच्च भए पनि सार्थक र नेतृत्वदायी भूमिकामा पहुँच कमजोर नहोस भन्न तालिम आयोजना गरिएको बताए।

तालिमले महिला जनप्रतिनिधिहरुमा क्षमता अभिवृद्धि हुँदा आफूद्वारा सम्पादन हुने काममा थप प्रभावकारी हुने हुँदा जनता र प्रतिनिधिबीच विश्वासको वातावरणरमा बन्ने उनको भनाई थियो।

324117187_1221395418502125_8553642943115517183_n1674485128.jpg

यस्तै, उपाध्यक्ष तारा राना तिमल्सिनाले पालिकामा न्यायिक समितिका साथै अनुगमन समिति, राजस्व परामर्श समिति, बजेट तर्जुमा समिति र गैरसरकारी तथा अन्तर्राष्ट्रिय संघसंस्थासँगको समन्वय समितिको मुख्य जिम्मेवारी महिलाहरुकै काँधमा रहेकोले महिला सक्षम हुनै पर्ने बताइन्।

यतिका धेरै जिम्मेवारी दिइँदा यी कामलाई कसरी अगाडि बढाउने भन्ने ज्ञानको कमी, योग्य जनशक्तिको अभाव र आर्थिक स्रोतसाधनको कमीले काम प्रभावकारी हुन नसक्दा जनताका काम समयमै सम्पादन हुनेमा शंका उत्पन्न हुने भएकोले पनि यस प्रकारको तालिम फलदायी हुने विश्वास व्यक्त गरिन्।

320635010_854662879127459_7551754079365537206_n1674485128.jpg

प्रकाशित मिति: २०:२६ बजे, सोमबार, माघ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्