रणवीरको विचित्र पहिरनको राज
काठमाडौं, फागुन २ : बलिउड अभिनेता रणवीर सिँह विचित्र पहिरनका कारण प्रायः मिडियामा आइरहन्छन् । हालै पनि उनी ‘गली बोय’को प्रमोसन इभेन्टमा यस....

काठमाडौं, फागुन २ : बलिउड अभिनेता रणवीर सिँह विचित्र पहिरनका कारण प्रायः मिडियामा आइरहन्छन् । हालै पनि उनी ‘गली बोय’को प्रमोसन इभेन्टमा यस्तै पहिरनका कारण चर्चामा आए । सामाजिक संजालमा ट्रोल भए ।
सामाजिक संजालमा सबैले उडाउन थालेपछि उनले आफ्नो पहिरनको कारण खोलेका छन् । पहिरन बारे सोधिएको प्रश्नमा उनले भने, “दुर्घटनामा परेपछि मेरो पहिरनमा परिवर्तन ल्याएको हुँ ।”
उनी ‘लुटेरा’ फिल्मको सुटिङको क्रममा दुर्घटनामा परेका थिए । उनको ढाडमा चोट लागेको थियो । जसले तीन महिना बेड रेस्टमा बसेका थिए ।
त्यतिबेला चिकित्सकले उनलाई अब उप्रान्त फाइट सिन र डान्स गर्न नहुने बताएका थिए । त्यसले उनी निराश भएका थिए । उनको करियरको शुरुआतमै पूर्णविराम लाग्ला जस्तो भएको थियो ।
जब तीन महिनापछि निको भए त्यसपछि पहिरनमा परिवर्तन ल्याउने सोच बनाए । नयाँ कलाकारका लागि चुनौतिपूर्ण पनि थियो ।
त्यसपछि ‘गुन्डे’ फिल्ममा व्यस्त भए । त्यसको प्रमोसनका क्रममा उनी मिडियासामु आउँदा फरक पहिरनमा देखिए ।
सुटमा चप्पल लगाएर पुगेका उनलाई देखेर सबै चकित परे । तर, उनले खुट्टामा घाउ भएका कारण चप्पल लगाएका थिए । त्यसयता उनी पहिरनमा फरकपन ल्याउँदै आएका छन् ।












