Kathmandu Press

लिबियाको सहयोगका लागि संयुक्त राष्ट्रसंघको आग्रह

उनले लिबियाको आर्थिक अवस्था निकै कमजोर हुदै गएकाले केही वर्षयतादेखि जारी संकटको समाधानका लागि सहयोगका लागि आग्रह गरेका हुन्।
लिबियाको सहयोगका लागि संयुक्त राष्ट्रसंघको आग्रह

त्रिपोली, माघ ९ : लिबियाको सहयोगका लागि संयुक्त राष्ट्रसंघले आग्रह गरेको छ । लिबियाका लागि संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियोग गुटरेसका विशेष प्रतिनिधिले सो आग्रह गरेका छन्।

उनले लिबियाको आर्थिक अवस्था निकै कमजोर हुदै गएकाले केही वर्षयतादेखि जारी संकटको समाधानका लागि सहयोगका लागि आग्रह गरेका हुन्।

लिबियाका लागि संयुक्त राष्ट्रसंघीय महासचिवका विशेष प्रतिनिधि अब्दुल्लाह बाथीले आइतबार त्रिपोलीमा आयोजित एक कार्यक्रममा सो आग्रह गरेका हुन्।

आइतबार लिबियाको राजधानी त्रिपोलीमा आयोजना भएको अरबका विदेशमन्त्रीहरुको एक परामर्श बैठकमा उनले लामो समयदेखि जारी रहेको लिबियाको संकट समाधानका लागि लिबियाका छिमेकी देशहरुका साथै अरब देशहरुसमक्ष आग्रह गरेका हुन्।

सो बैठकपछि उgले ट्वीटमा लेखेका छन्, 'विगत लामो सयमदेखि लिबिया आर्थिक लगायतको संकटमा छ, त्यसैले यसका छिमेकी देशहरु, अरब देशहरुका साथै अन्य अन्तर्राष्ट्रिय सरोकारवालाहरुलाई आग्रह गर्दछु।'

उनले लिबियाका सबै राजनीतिक दलहरुका साथै हाल लिबियालाई सहयोग गर्दै आएका विदेशी दाता राष्ट्रहरुले पनि लिबियाको विकासका लागि ऐक्यबद्धता जनाउनुपर्नेमा जोड दिएका छन्।

लिबिया राजनीतिक अस्थिरता तथा आपसरी द्वन्द्वका कारण लामो समयदेखि आर्थिक संकटमा परेको छ । हाल यहाँको आर्थिक व्यवस्थामा सहयोग गर्नुपर्ने देखिएको संयुक्त राष्ट्रसंघले बताउँदै आएको छ । 

प्रकाशित मिति: १२:४६ बजे, सोमबार, माघ ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्