जम्मुमा विस्फोट ६ जना घाइते

जम्मु, माघ ७ : जम्मुको नरवाल क्षेत्रमा भएका छुट्टाछुट्टै दुईवटा विस्फोटमा कम्तीमा छ जना घाइते भएका छन् । स्थानीय अधिकारिहरूले सो घटना बारे सङ्क्षिप्त जानकारी दिएका छन् ।
एडीजीपी जम्मु जोन मुकेश सिंहका अनुसार 'जम्मुको नरवाल क्षेत्रमा दुई ठाउँमा विस्फोट भएको छ जसमा ६ जना घाइते भएका छन्।' घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।
प्रकाशित मिति: १९:५७ बजे, शनिबार, माघ ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












