Kathmandu Press

रुस–चीन सम्बन्धको प्रशंसा

रुस–चीन सम्बन्धको प्रशंसा

मस्काे, माघ ५ : रुसका विदेशमन्त्री सर्गेई लाभरोभले चीनसँगको उच्चस्तरीय सम्बन्धको प्रशंसा गरेका छन् । बुधबार यहाँ भएको पत्रकार सम्मेलनमा उनले रुस र चीनबीचको सम्बन्ध सुमधुर रहेको र त्यसको अनुभव भइरहेको बताए। 

चीनसँगको सम्बन्ध व्यावहारिक, विश्वासनीय एवम् पारस्परिक सम्मानमा आधारित भएको बताउँदै  विदेशमन्त्री लाभरोभले चीनसँगको सम्बन्धलाई एक आदर्शको प्रतीकका  रूपमा चित्रण गर्न सकिने उल्लेख गरे।  

दुवै देशले संयुक्त राष्ट्रसङ्घमा निकट सम्पर्क र समन्वयमा रहेर काम गरिरहेका, साङ्घाई सहयोग सङ्गठन, युरेसियन आर्थिक सङ्घ र बेल्ट एण्ड रोड इनिसिएटिभ मार्फत  पारस्परिक सहयोग प्रवद्र्धन गर्दै नयाँ चुनौतीविरुद्ध संयुक्तरुपमा लडिरहेका बताए। द्विपक्षीय सहयोग र समन्वयबाट रुस–चीनबीचको रणनीतिक साझेदारीलाई सुदृढ बनाउन मद्दत पुगेको उनले बताए। 

प्रकाशित मिति: १६:१८ बजे, बिहीबार, माघ ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्