Kathmandu Press

न्युजिल्याण्डकी प्रधानमन्त्री आर्डर्नद्वारा राजीनामा घोषणा

एक कार्यक्रमलाई सम्बोधन गर्दै फेब्रुअरी ७ आफ्नो कार्यकालको अन्तिम दिन हुने घोषणा गर्दै लेबर पार्टीको नेताबाट राजीनामा दिने जानकारी दिइन्।
न्युजिल्याण्डकी प्रधानमन्त्री आर्डर्नद्वारा राजीनामा घोषणा

एजेन्सी, माघ ५ : न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले प्रधानमन्त्री‍बाट राजीनामा दिने भएकी छन्। उनले आगामी महिना न्युजिल्यान्डको प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेकी हुन्।

एक कार्यक्रमलाई सम्बोधन गर्दै फेब्रुअरी ७ आफ्नो कार्यकालको अन्तिम दिन हुने घोषणा गर्दै लेबर पार्टीको नेताबाट राजीनामा दिने जानकारी दिइन्। बितेको ६ वर्ष ‘चुनौतीपूर्ण’ पदमा बसेपछि अबको चार वर्षसम्म योगदान गर्न विशेष केही बाँकी नरहेको उनले तर्क गरेकी छन्।

Hardik ivf

केही समयपछि नै उनको कार्यकाल अब सकिँदै थियो। तर अर्को निर्वाचनमार्फत पुन प्रधानमन्त्री बन्ने मौका भए पनि उनले त्यसो नगर्ने भएकी हुन्।

सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री चुनिएपछि आर्डन विश्वकै कान्छी महिला सरकार प्रमुख बनेकी थिइन्।
 

प्रकाशित मिति: ०८:१० बजे, बिहीबार, माघ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्