अर्थतन्त्रमा देखिएका समस्या समाधानकाे प्रयास भइरहेको छ : मन्त्री पाैडेल
नेपाल चेम्बर अफ कमर्सले बुधबार काठमाडौंमा आयोजना गरेको ‘अर्थतन्त्रः अबको बाटो’ विषयक कार्यक्रममा अर्थमन्त्री पौडेलले निजी क्षेत्रलगायत सरोकारवालासँगको समन्वयमा अर्थतन्त्रमा देखिएका समस्या समाधानको प्रयास भइरहेको बताएका हुन्।
काठमाडाैं, माघ ४ : उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका प्रयास भइरहेको बताएका छन्।
नेपाल चेम्बर अफ कमर्सले बुधबार काठमाडौंमा आयोजना गरेको ‘अर्थतन्त्रः अबको बाटो’ विषयक कार्यक्रममा अर्थमन्त्री पौडेलले निजी क्षेत्रलगायत सरोकारवालासँगको समन्वयमा अर्थतन्त्रमा देखिएका समस्या समाधानको प्रयास भइरहेको बताएका हुन्।
अर्थमन्त्री पौडेलले आर्थिक रुपमा चिन्ताजनक अवस्थामा रहेको र सक्षम पाइलट खोज्ने अवस्थामा रहेको बताए। भूकम्प र कोरोनाले झुकाउन नसकेको अर्थतन्त्र समस्यमा फस्नु गम्भीर विषय भएको उनको भनाइ छ।
पुष ११ गते अर्थमन्त्रालयमा प्रवेश गरेपछि आफुले सुक्ष्म ढंगले अध्ययन गरिरहेको उनले बताए। उनले अर्थतन्त्र सुधारका नीतिगत योजना बनाएर केही समयमै आक्रामक रुपमा प्रस्तुत हुने दाबी गरे।
अर्थमन्त्री पौडेलले उत्पादन क्षेत्रमा खर्च बढाउने र अनुत्पादक क्षेत्रको खर्च कटौती गरेर आर्थिक अनुशासन कायम गर्ने कुरामा वर्तमान सरकार नचुक्ने उल्लेख गरे।