Kathmandu Press

अफगानिस्तानमा विषाक्त ग्यासले बिरामी भएका १४० जना अस्पतालमा

बिरामी पर्नेमा अधिक बालबालिका र महिला छन्।  देशमा दाउरा तथा अन्य आधारभूत वस्तुको मूल्य आकाशिएपछि अफगान नागरिकले घर कोठा तताउन ग्यास प्रयोग गर्दै आएका छन्।
अफगानिस्तानमा विषाक्त ग्यासले बिरामी भएका १४० जना अस्पतालमा

काबुल, माघ ४ :  कठ्याङ्ग्रिने चिसोबाट घरलाई न्यानो पार्न अफगानिस्तानकाे हेरत प्रान्तमा प्रयोग गरिएको ग्यासबाट विषाक्त कार्बन मोनोअक्साड उत्पन्न हुँदा कम्तीमा १४० जना बिरामी भएका छन्।

उनीहरूलाई अस्पताल भर्ना गरिएको सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार समिति टोलोले जनाएको छ। 

बिरामी पर्नेमा अधिक बालबालिका र महिला छन्।  देशमा दाउरा तथा अन्य आधारभूत वस्तुको मूल्य आकाशिएपछि अफगान नागरिकले घर कोठा तताउन ग्यास प्रयोग गर्दै आएका छन्।

अकस्मात तामक्रम घटेपछि अफगानीस्तानको जनजीवन प्रभावित भएको छ। चिसोका कारण चार प्रदेशमा १६ जनाले ज्यान गुमाएका छन्। 

'ज्यादै चिसो भएकाले आफ्नो परिवारले कोठा तातो पार्न ग्यास बालेछन्, त्यसबाट उत्पन्न विषले मेरा परिवार बिरामी परे, अस्पताल ल्याउन पाँच मिनेट विलम्ब गरेको भए परिवारका सबै २१ जना सदस्यलाई गुमाउने थिएँ,' हेरत प्रान्तीय अस्पतालमा अब्दुल कादिरले सिन्ह्वालाई भने।

बिजुली, दाउरा केही नभएपछि ग्यास प्रयोग गर्न बाध्य उहाँले गरिबलाई खाद्यान्न र इन्धनको जोहो गर्न कठिन भएको दुखेसो गरे।

प्रकाशित मिति: १६:४६ बजे, बुधबार, माघ ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्