Kathmandu Press

विपत्तिको सूचना जारी गरेको क्वान्टास विमान सुरक्षित अवतरण

१४५ जना यात्री बोकेर न्युजिल्यान्डको अक्ल्यान्डबाट उडेको बोइङ ७३७-८०० बिनासमस्या अवतरण गरिएको हो।
विपत्तिको सूचना जारी गरेको क्वान्टास विमान सुरक्षित अवतरण

सिड्नी, माघ ४ : मध्य आकाशमा विपत्तिको सूचना जारी गरेको अष्ट्रेलियाको ध्वजावाहक क्वान्टास विमान सिड्नी विमानस्थलमा सुरक्षित अवतरण भएको छ।

१४५ जना यात्री बोकेर न्युजिल्यान्डको अक्ल्यान्डबाट उडेको बोइङ ७३७-८०० बिनासमस्या अवतरण गरिएको हो। विमान कम्पनीका अनुसार जहाजको सम्बन्धित इन्जिनियरले परीक्षण गर्नेछन्। मध्य आकाशमा जारी गरिएको विपत्तिको सूचनालाई विमान अवतरण हुनुपूर्व ‘सम्भावित सहयोग आवश्यक पर्ने’ सूचीमा समावेश गरिएको थियो।

Hardik ivf

विमानस्थलमा चिकित्सकसहित एम्बुलेन्स सेवालाई तयारी अवस्थामा राखिएको थियो। विमान उडेको करिब दुई घण्टापछि एउटा इञ्जिनमा केही समस्या अनुभव गरिएको जानकारी दिए पनि कम्पनीले इञ्जिनमा उत्पन्न समस्याबारे खुलेर जानकारी दिएको छैन। दुईवटा इञ्जिन भएको उक्त विमान एउटाले काम नगरे अर्कोको सहयोगमा अवतरण गर्न सक्षम रहेको जनाएको छ। 

संसारको सबैभन्दा सुरक्षित एयरलाइन्सको सूचीमा क्वाण्टास रहेको छ। यो एयरलाइन्स विगत ७० वर्षदेखि कुनै घातक दुर्घटनामा परेको छैन। अष्ट्रेलियाको नागरिक उड्डयन कानुनअनुसार विपत्तिको संकेत जारी हुनुलाई ‘विमान गम्भीर खतरामा परेको र तत्काल मद्दत आवश्यक भएको’ मानिन्छ। 

प्रकाशित मिति: १६:४१ बजे, बुधबार, माघ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्