Kathmandu Press

युक्रेनमा भएको हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ जनाको मृत्यु

दुर्घटनामा मन्त्रालयका अन्य दुई वरिष्ठ व्यक्तिको पनि मृत्यु भएको किभको क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्सी कुलेबाले बताएका छन्। मृत्यु हुनेमा येभेन येनिन पहिलो उपमन्त्री थिए भने युरी लुब्कोविच राज्य सचिव हुन्।
युक्रेनमा भएको हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ जनाको मृत्यु

काठमाडौं, माघ ४ : युक्रेनमा भएको हेलिकप्टर दुर्घटनामा त्यहाँका आन्तरिक मामिलामन्त्री (गृहमन्त्री) डेनिस मोनास्टिरस्की सहित १६ जनाको मृत्यु भएको छ।

राजधानी किभको पूर्वी उपनगरस्थित ससाना बालबालिका पढ्ने विद्यालयनजिकै भएको सो हेलिकप्टर दुर्घटनामा परी मृत्यु हुनेमा दुई बालबालिका छन्। दुर्घटनामा मन्त्रालयका अन्य दुई वरिष्ठ व्यक्तिको पनि मृत्यु भएको किभको क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्सी कुलेबाले बताएका छन्। मृत्यु हुनेमा येभेन येनिन पहिलो उपमन्त्री थिए भने युरी लुब्कोविच राज्य सचिव हुन्।

Hardik ivf

सो हेलिकप्टरमा मन्त्री डेनिस र अन्य आठजना सवार थिए। दुर्घटनामा परेको हेलिकप्टर युक्रेनी आपतकालीन सेवाको रहेको राष्ट्रिय प्रहरी प्रमुख इहोर क्लाइमेन्कोले फेसबुकमा लेखेका छन्।

दुर्घटनामा १० बालबालिकासहित २२ जना घाइते भएको बिबिसीले जनाएको छ। घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ। अहिले विद्यालयका बालबालिका र शिक्षकलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ।

बिबिसीका अनुसार दुर्घटनाको समयमा कुहिरो लागेका कारण अँध्यारो वातावरण रहेको प्रारम्भिक रिपोर्टहरूले जनाएका छन्।

प्रकाशित मिति: १५:२१ बजे, बुधबार, माघ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्