Kathmandu Press

पाकिस्तानमा प्रतिआतंकवाद कारबाहीमा चार आतंकवादी मारिए

गुप्तचर सूचनामा आधारित प्रतिआतंकवाद कारबाहीमा ती आतंकवादी मारिएका सेनाले बुधबार जनाएको हो।
पाकिस्तानमा प्रतिआतंकवाद कारबाहीमा चार आतंकवादी मारिए

इस्लामावाद, माघ ४ : पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको होशब क्षेत्रमा सुरक्षा बलले गरेको सुरक्षा कारबाहीमा चार आतंककारी मारिएका छन्।

गुप्तचर सूचनामा आधारित प्रतिआतंकवाद कारबाहीमा ती आतंकवादी मारिएका सेनाले बुधबार जनाएको हो।

सुरक्षा बल र नागरिकमाथि  गोली प्रहार गर्ने घटनाबाहेक दूर नियन्त्रित विष्फोटक पदार्थ विष्फोट गराउने उपकरण बिछ्याउनेलगायत आतंकवादी गतिविधि सञ्चालन गर्नेविरुद्ध भएको कारबाहीमा उनीहरू मारिएका सेनाको सञ्चार शाखा इन्टरसर्भिसेस पब्लिक रिलेसन्स (आइएसपीआर) ले एक विज्ञप्ति निकालेर बताएको छ।

विष्फोटनमा प्रयोग हुने उपकरण, हातहतियार र विष्फोटक पदार्थ पनि सेनाले आतङ्कवादीबाट बरामद गरेको छ । 

प्रकाशित मिति: १३:२७ बजे, बुधबार, माघ ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्