Kathmandu Press

ताइवानी महिलालाई पनि सैन्य प्रशिक्षण

पहिलो पटक महिलालाई सैन्य तालिमको व्यवस्था गरिएको र त्यो यसै वर्ष प्रारम्भ हुनेछ। चीनबाट हुनसक्ने जोखिमलाई दृष्टिगत गरी महिलालाई प्रशिक्षणको व्यवस्था गरिएको हो। 
ताइवानी महिलालाई पनि सैन्य प्रशिक्षण

ताइपेई, माघ ४ : ताइवानले जगेडा सैनिकका रूपमा महिलालाई तैनाथ गर्न प्रशिक्षण दिने योजना घोषणा गरेको छ।

पहिलो पटक महिलालाई सैन्य तालिमको व्यवस्था गरिएको र त्यो यसै वर्ष प्रारम्भ हुनेछ। चीनबाट हुनसक्ने जोखिमलाई दृष्टिगत गरी महिलालाई प्रशिक्षणको व्यवस्था गरिएको हो। 

रक्षा मन्त्रालयका अनुसार यसैवर्षको मध्यतिर करिब दुई सय महिलालाई ताइवानको सेनाले तालिम दिनेछ। बाह्य आक्रमाणको जोखिम बढेकाले आफ्नो सेनालाई बलियो बनाउने प्रयासमा महिलालाई पनि प्रशिक्षणको व्यवस्था गरिएको उक्त मन्त्रालयले जनाएको छ।

Hardik ivf

इच्छुक महिलाले तालिमका निम्ति आवेदन गर्न सक्नेछन्। तालिमा सहभागी हुने महिलाको सङ्ख्याअनुसार प्रशिक्षण योजना र कार्यक्रम तर्जुमा गरिनेछ। 

हालै ताइवानले पुरुषलाई अनिवार्य सैन्य सेवा गर्नुपर्ने प्रावधान जारी गरेको छ। यद्यपि महिलाहरू पनि सशस्त्र बलमा स्वयम्सेकका रूपमा सेवा गर्न सक्ने व्यवस्था छ।

ताइवानी पुरुषले अनिवार्य सैन्य सेवा गर्नुपर्ने चार महिनाको प्रावधानलाई बढाएर एक वर्ष पुर्‍याएको छ। अमेरिकी रक्षा मन्त्रालयको अनुमानअनुसार ताइवानसँग ८९ हजार स्थल सेना छन् भने चीनसँग १० लाख सैनिक छन्। 

गत महिना राष्ट्रपति साई इङ्ग वेनले अनिवार्य सैन्य सेवाको अवधि बढाइएको घोषणा गरेका थिइन्। प्रथम महिला राष्ट्रपति उनले गरेको उक्त घोषणाको स्वागत गर्दै केही महिला सांसदले नारीलाई पनि सैन्य तालिम अनिवार्य गर्नुपर्नेमा जोड दिएका थिए। भावी पुस्ताका निम्ति लोकतान्त्रिक जीवनशैली सुनिश्चित गर्न सैन्य सेवा विस्तार अपरिहार्य भएको राष्ट्रपतिले बताएकी छन्। 

सन् १९४९ को चिनियाँ गृहयुद्धमा ताइवान र चीन विभाजित भएका हुन्। पहाडी टापु ताइवानलाई चीनले आफ्नो भूमिका रुपमा दाबी गरिरहेको छ भने आवश्यक परे बल प्रयोग गरेर मूलभूमिमा एकीकरण गर्ने बताउँदै आएको छ।

एक देश दुई शासन पद्धतिअनुरुप बेइजिङले ताइवानमाथि अप्रत्यक्ष रुपमा शासन गर्दै आएको छ। यद्यपि उसले ताइपेईलाई स्वयत्तता प्रदान गरेको छ। 

प्रकाशित मिति: १३:२२ बजे, बुधबार, माघ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्