सन् २०२२ मा म्यान्मा आगलागीबाट ९६ जनाको मृत्यु, १३९ घाइते
याङ्गुन, माघ ३ : म्यान्मा सन् २०२२ मा भएका आगलागीका विभिन्न घटनामा परी ९६ जनाको मृत्यु हुनाका साथै १३९ जना घाइते भएका छन् ।
देशको अग्नि सेवा विभागले मङ्गलबार सार्वजनिक गरेको विवरण अनुसार सन् २०२२ मा देशभर एक हजार ५०७ आगलागीका घटनाहरू घटेका थिए । अग्नि सेवा विभागका अधिकारीले सो विवरण सिन्ह्वालाई बताएका छन् ।
सबैभन्दा धेरै आगलागी दुर्घटनाहरू याङ्गुन क्षेत्रमा भएका छन् । त्यसपछि क्रमशः मन्डले, सागिङ र बागो क्षेत्रहरू आगलागीका घटनाहरू उल्लेख गरिएका छन् । याङ्गुन क्षेत्रमा सन् २०२२ मा सात जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
आगलागीका कारणहरूमा लापरवाही, त्रुटिपूर्ण विद्युतीय तार जडान, आगजनी, डढेलो र चट्याङ लगायतका प्राकृतिक विपत्ति रहेका छन् ।
प्रकाशित मिति: २०:२६ बजे, मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेबनान र इजरायलबीच युद्धविराम सम्झौता, आजैदेखि लागू हुनेबुधबार, मंसिर १२, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१