Kathmandu Press

बुढासुब्बा गोल्डकप फागुनमा

तीन वर्षपछि आयोजना हुन लागेको बुढासुब्बा गोल्डकपको २३औैं संस्करण फागुन दोस्रो साताबाट सुरु हुने आयोजकले जनाएको छ।
बुढासुब्बा गोल्डकप फागुनमा

सुनसरी, माघ २ : मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको २३औं संस्करण फागुनमा हुने भएको छ।

तीन वर्षपछि आयोजना हुन लागेको बुढासुब्बा गोल्डकपको २३औैं संस्करण फागुन दोस्रो साताबाट सुरु हुने आयोजकले जनाएको छ।  वि.सं २०७६ पछि हुन लागेको प्रतियोगिता फागुन १३ देखि २० गतेसम्म सञ्चालनको तयारी भइरहेको धरान फुटबल क्लबले जनाएको छ।

Hardik ivf

कोरोना महामारीले भएको आर्थिकमन्दीका कारण रोकिएको प्रतियोगिता सञ्चालनको तयारी भइरहेको धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए। प्रतियोगिताका लागि धरान उपमहानगरपालिका, प्रदेश सरकारसँग सहकार्य भइरहेको अध्यक्ष राईले बताए।

यो पटक पनि प्रतियोगितामा ए डिभिजन क्लबसहित ८ क्लबको सहभागीता रहने छन् । प्रतियोगितामा काठमाडौंका दुई, पोखराको एक, भारतको दुई र प्रदेश १ का तीन क्लब सहगभाी हुने अध्यक्ष राईले बताए।

एन्फाबाट प्रतियोगिताका लागि स्वीकृति लिइसके छ। दुई वर्षदेखि रोकिएको प्रतियोगितालाई सफल बनाउन सबै सरोकारवालासँग छलफल सुरु गरिएको अध्यक्ष राईले जानकारी दिए।

२२औँ संस्करणको उपाधि नेपाल पुलिस क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब जितेको थियो। दुवै टिमले पुरस्कार वापतको रकम अझै पाएका छैनन्।

प्रकाशित मिति: २१:४९ बजे, सोमबार, माघ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्