Kathmandu Press

पाँच अध्यादेश संशोधन गर्न स्वीकृति

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उक्त अध्यादेशलाई स्वीकृति प्रदान गर्न प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा प्रस्ताव टेबुल गरेका थिए।
पाँच अध्यादेश संशोधन गर्न स्वीकृति

हेटौंडा, माघ २ : सोमबार बसेको बागमती प्रदेश सभा बसेको पहिलो बैठकले तत्कालीन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वको मन्त्रिपरिषद्ले जारी गरेको पाँच अध्यादेश संशोधन गर्न बैठकबाट स्वीकृति प्रदान गरेको छ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उक्त अध्यादेशलाई स्वीकृति प्रदान गर्न प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा प्रस्ताव टेबुल गरेका थिए।

Hardik ivf

मुख्यमन्त्री जमकट्टेलले प्रदेश निजामती सेवा गठन, सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९, स्थानीय तहका सेवा गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ लाई स्वीकृति प्रदान गर्न प्रस्ताव टेबुल गरे।

यस्तै, उनले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७९, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनसम्बन्धी अध्यादेश २०७९ लाई स्वीकृति प्रदान गर्न प्रस्ताव टेबुल गरेका थिए।

सोमबार नै बसेको दोस्रो बैठकले पोखरामा माघ १ गते आइतबार बिहान चालक दलका चारजना सदस्यसहित ७२ जना सवार यति एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका सबै यात्रुप्रति शोक प्रस्ताव पारित गरेको छ।

बागमती प्रदेश सभाको अर्को बैठक माघ ३ गते अपराह्न साढे १२ बजे बस्ने छ।

प्रकाशित मिति: २०:२९ बजे, सोमबार, माघ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्