Kathmandu Press

भारतबाट डिजेलको मूल्य घटेर आयो, पेट्रोलको बढ्यो

निगमका अनुसार डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ७० पैसा घटेको छ भने पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेको छ।
भारतबाट डिजेलको मूल्य घटेर आयो, पेट्रोलको बढ्यो

काठमाडाैं, माघ २ : भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। नयाँ मूल्यसूची अनुसार डिजेलको मूल्य घटेर आएकोको र पेट्रोलको मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएके छ।

निगमका अनुसार डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ७० पैसा घटेको छ भने पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेको छ।

भारतबाट नयाँ मूल्य प्राप्त भएपनि निगमले भने आन्तरिक बजारको उपभोक्ता मूल्य घटाउनेबारे निर्णय गरिसकेको छैन।

प्रकाशित मिति: १८:४१ बजे, सोमबार, माघ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्