पोखरा विमान दुर्घटना : पाकिस्तानद्वारा समवेदना व्यक्त

इस्लामावाद, माघ १ : पाकिस्तान सरकारले आज मध्य नेपालको पोखरामा विमान दुर्घटना भएको खबरबाट मर्माहत भएको बताउँदै ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ । विदेश मन्त्रालयले आज अपराह्न एक विज्ञप्ति निकालेर नेपाल सरकारप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक समवेदना प्रकट गरेको हो ।
'नेपालको पोखरामा भएको हवाई दुर्घटनामा भएको अमूल्य जीवनको क्षतिप्रति पाकिस्तान सरकार दुःखित भएको छ , पाकिस्तानी जनता दुःखको यो घडीमा पीडित परिवार र नेपाली जनताका साथमा छन्,' मन्त्रालयले जारी गरेको शोक विज्ञप्तिमा भनिएको छ ।
चालक दलका सदस्यसहित ७२ जना सवार यति एयरलाइन्सको विमान दुर्घटना हुँदा ६८ जनाको शव फेला परेको तथा खोज तथा उद्धार कार्य जारी रहेको नेपालका सरकारी अधिकारीहरूले बताएका छन् ।
प्रकाशित मिति: १९:१५ बजे, आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












