टेक्सासमा ७० भन्दाबढी कैदी भोक हडतालमा
टेक्सास, पुस ३० : अमेरिकाको दक्षिण मध्यराज्य टेक्सासमा ७० भन्दाबढी कैदीले कठोर एकान्त कारावास अभ्यासको विरोधमा भोक हडताल शुरु गरेका छन् । टेक्सास ट्रिब्युनले शुक्रबार उल्लेख गरेअनुसार उनीहरूले भोकहड्ताल गरेको तिन दिन पुगेको बताइएको छ ।
टेक्सास डिपार्टमेन्ट अफ क्रिमिनल जस्टिस (टीडीसीजे) ले तीमध्ये कम्तिमा ७२ जना अझै पनि भोकै बसेको पुष्टि गरेको छ ।
टिडिसीजीले विरोधीको विज्ञप्ति उल्लेख गर्दै ‘हड्ताल शान्तिपूर्ण रहने र सबैको अवस्था सुधार्नका लागि यो प्रयास गरिएको’ बताएको छ ।
कारागारका अधिकारीले विरोधी सदस्यको समितिसँग भेट नगरेसम्म बन्दीले हडताल जारी राख्ने योजना बनाएका छन् ।
हजारौँ कैदीलाई टेक्सासमा एकान्त कारागारमा राखिएको छ ।
प्रकाशित मिति: १८:३५ बजे, शनिबार, पुस ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेबनान र इजरायलबीच युद्धविराम सम्झौता, आजैदेखि लागू हुनेबुधबार, मंसिर १२, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१