प्रदेश १ को उपसभामुख निर्वाचन आज
प्रदेशसभाको उपसभामुखका लागि नेपाली कांग्रेसका तर्फबाट लिलाकुमारी राई र एमालेकी सिर्जना दुनुवारको उम्मेवारी परेकाे छ।
मोरङ, पुस ३० : प्रदेश नं १ प्रदेशसभाको उपसभामुखको निर्वाचन आज हुने भएको छ।
प्रदेशसभाको उपसभामुखका लागि नेपाली कांग्रेसका तर्फबाट लिलाकुमारी राई र एमालेकी सिर्जना दुनुवारको उम्मेवारी रहेको प्रदेश सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।
प्रदेशसभाको बिहान ११ बजे बस्ने बैठकले मतदान प्रकियाद्वारा उपसभामुखको चयन गर्ने छ ।
प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाको छ, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ९३ सदस्य रहेका छन् ।
प्रकाशित मिति: १०:१७ बजे, शनिबार, पुस ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












