Kathmandu Press

अर्घाखाँचीमा ४७ फिट अग्लो त्रिशूल स्थापना

अर्घाखाँचीमा ४७ फिट अग्लो त्रिशूल स्थापना

अर्घाखाँची, पुस २८ : अर्घाखाँचीको सन्धिखर्क–२ घोचेखोलामा रहेको शिव मन्दिरमा ठूलो त्रिशुल स्थापना गरिएको छ । 

सन्धिखर्क–२ शिवालय क्षेत्रमा रहेको शिव मन्दिरमा ४७ फिट अग्लो त्रिशूल आज वैदिक विधिपूर्वक पूजाआजा गरी स्थापना गरिएको हो । धार्मिक पर्यटक भित्र्याउने उद्येश्यले पण्डित केशवराज आचार्यले वैदिक विधिपूर्वक पूजाआजा गरी त्रिशूल स्थापना गरिएको स्थानीय रामु केसीले बताए। सन्धिखर्कबाट नजिकै प्राकृतिक मनोरम वातावरणमा रहेको यस शिवालय क्षेत्रमा शिव भगवानको मन्दिरसमेत रहेको छ । यस स्थानमा शिवरात्रिको दिन विशेष पूजाआजा तथा दैनिक पूजा हुँदै आएको छ । दाङमा रहेको त्रिशूल साढे ४१ फिट अग्लो छ । पाल्पाको भैरवनाथ मन्दिरमा रहेको ३५ फिट अग्लो रहेको बताइएको छ ।

प्रकाशित मिति: १९:३९ बजे, बिहीबार, पुस २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्