Kathmandu Press

कम्बोडियामा चट्याङ लागेर एक वर्षमा ६३ जनाको मृत्यु 

कम्बोडियामा चट्याङ लागेर एक वर्षमा ६३ जनाको मृत्यु 

कम्बोडिया, पुस २८ : कम्बोडियामा सन् २०२२ मा चट्याङले ६३ जनाको ज्यान लिएको थियो । 

सन् २०२१ मा ८३ जनाको मृत्यु भएको थियो । सन् २०२१ को तुलनामा सन् २०२२ मा चट्याङ लागेर ज्यान गुमाउनेको सङ्ख्या २४ प्रतिशतले कम भएको प्रकोप नियन्त्रणका प्रवक्ताले बिहीबार बताएका छन्। 

मृत्यु बाहेक, चट्याङले गत वर्ष अन्य ५८ जना घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन समिति (एनसीडिएम)का प्रवक्ता सोथ किम कोल्मोनीले बताएका छन्। उनी चट्याङ लाग्नबाट जोगाउने जनचेतनामा कमी आएको जानकारी दिएका छन्। 

‘चट्याङको खतराबाट बच्न, विशेष गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरूले हावाहुरी वा वर्षा हुँदा घर वा आश्रयमा बस्नुपर्छ,’ उनले सिन्ह्वालाई भनेका छन्। 
 
एनसीडीएमले उच्च जोखिममा रहेका प्रान्तहरुको वास्तविक आवश्यकताहरुको समीक्षा र मूल्याङ्कन गर्न भ्रमण गर्ने र ती प्रान्तहरूमा बिजुली संरक्षण उपकरणहरू स्थापना गर्नुअघि स्वीकृतिको लागि नेताहरूलाई जानकारी गराउने  उनले बताए ।  प्रवक्ताका अनुसार मेदेखि अक्टोबरसम्म वर्षायाममा चट्याङ लाग्ने गरेको बताए। 

प्रकाशित मिति: १७:५३ बजे, बिहीबार, पुस २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्