Kathmandu Press

म्याग्दी महोत्सव सुरु

म्याग्दी महोत्सव सुरु

काठमाडौं, पुस २८ : बेनीमा आजदेखि सातौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला(२०७९ सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घको मूलआयोजनामा बेनीको खुल्ला मञ्चमा माघे सङ्क्रान्ति पर्वको अवसरमा आयोजित महोत्सव दश दिनसम्म सञ्चालन हुनेछ ।

महोत्सव उद्घाटनको अवसरमा बेनी बजारमा विभिन्न जातजाती, समुदाय र सङ्घ संस्थाले झाँकीसहितको ¥याली निकालेका छन् । स्थानीय उत्पादनको बजार प्रवद्र्धन, कला र संस्कृतिको संरक्षण, पर्यटन, कृषि, जलविद्युत्, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरी लगानी भित्र्याउने र व्यापारिक ज्ञान सीप, पुँजी र प्रविधि भित्र्याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव अमित बानियाँले बताए। 

धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीयस्थलको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनमा मद्दत गर्नुका साथै रोजगारीको सिर्जना गर्दै अर्थोपार्जनमा सघाउन पु¥याउने, खेलकुद र शिक्षा क्षेत्रको बारेमा जागृत गर्ने, प्रतिभाको पहिचानका लागि अवसर सिर्जना गर्न महोत्सवले सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

महोत्सवको अवसरमा पालिकास्तरीय महिला÷पुरुष भलिबल, लोकदोहोरी, चेम्बर लोकतारा, पुरुष बाँस्केटबल, लठो तान्ने, रत्यौली, छेलो फाल्ने, अन्धनिशान प्रतियोगिता आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले बताए।

स्थानीय उत्पादन र राष्ट्रिय आन्तर्राष्ट्रिय औद्योगिक प्रर्दशनीको साथै कलाकारबाट गीत तथा नृत्य प्रस्तुति, बाल उद्यान, मिनी चिडियाघर आकर्षणका रुपमा रहेका छन् । हेलिकोप्टरबाट धौलागिरि आधार शिविर लगायत पर्यटकीय स्थलको अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । कालीगण्डकीमा ¥याफ्टिङ र बेनी देखि लभ्लिहिलसम्म घोडा सफारी पनि महोत्सवमा आकर्षणका रुपमा रहनेछन् । 

महोत्सवमा डेढ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र करीब रु। दश करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । महोत्सव स्थलमा २६० वटा स्टल छन् । कृषि ज्ञान केन्द्रले कृषि मेला प्रर्दशनीको आयोजना गरेको छ । माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा परम्परागत रुपमा मेला लाग्ने चलन थियो। 

प्रकाशित मिति: १६:५५ बजे, बिहीबार, पुस २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्