कास्कीमा बस, जिप र मोटरसाइकल आपसमा ठोक्किए, दुई जनाको मृत्यु
पोखरा, पुस १६ : कास्कीको पोखरा महानगरपालिका–१४ चाउथेमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घा....

पोखरा, पुस १६ : कास्कीको पोखरा महानगरपालिका–१४ चाउथेमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।
पृथ्वीचोकबाट चाउथेतर्फ जाँदै गरेको ग २ च २७२६ नम्बरको जिप बुधबार बिहान अनियन्त्रित भई ग १६ प ९५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर विपरीत दिशाबाट आउँदै गरेको ग १ ख ९४०५ नम्बरको बससँग ठोक्किएको हो।
तीन सवारी एकापसमा ठोक्किँदा जिप चालक पोखरा–२९ का ३६ वर्षीय सरोज लामा र मोटरसाइकल चालक तनहुँ थप्रेक घर भई हल पोखरा चाउथे बस्ने १९ वर्षीय रोशन गुरुङको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक बाबुराम केसीले जानकारी दिए।
घाइते दुई जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी सहायक निरीक्षक केसीले बताए। दुर्घटनामा जिपमा सवार पोखरा–२९ भण्डारढिकका ३४ वर्षीय प्रेम परियार र पोखरा–३१ का २३ वर्षीय दिलबहादुर परियार घाइते भएका छन्।
उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।











