Kathmandu Press

पेरुमा प्रहरीलाई ज्युँदै जलाइयो

पेरुमा प्रहरीलाई ज्युँदै जलाइयो

लिमा, पुस २७ : पेरुमा सरकार विरोधी प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि एक जना प्रहरी अधिकृतको ज्युँदै जलाएर हत्या गरिएको छ । पूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई अपदस्थ गरेपछि भड्किएको हिंसात्मक प्रदर्शनमा ४७ जना मारिएका छन् । 

एक जना सहकर्मीका  साथ गस्तीमा रहेका २९ वर्षीय जोसे लुइस सोनको क्विस्पेलाई सोमबार राति बोलिभिया र टिटिकाका तालको सिमानामा रहेको सहर जुलियाकामा भीडले आक्रमण गरेर उनीहरूको गाडीमा आगो लगाएको थियो। 

Hardik ivf

करिब तीन सय ५० जना आक्रमणकारीले आफूहरूमाथि आक्रमण गरेका सोनका सहकर्मी रोनाल्ड विलासान्टे टोकले बताएका छन् । गम्भीर घाइते भएका उनले आफ्ना साथीको अवस्थाबारे आफूलाई जानकारी नभएको बताए । लिमास्थित अस्पतालमा उनको उपचार भइरहेको छ । 

प्रधानमन्त्री अल्बर्टो ओटारोलाले सोनकोको मृत्युको पुष्टि गर्दै सरकार प्रदर्शनकारीले उनीमाथि आक्रमण गरेका बताएका छन् । (रासस) 

प्रकाशित मिति: १६:२९ बजे, बुधबार, पुस २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्