Kathmandu Press

भ्रमण वर्ष : भारतीय पर्यटकलाई सीमामै स्वागत

बर्दिबास, पुस १६ : नेपाल भ्रमण आएका भारतीय अतिथिलाई महोत्तरी प्रवेशको नेपाल–भारत सीमा क्षेत्रमै स्वागत गरिएको छ। 

नेपाल भ्रम....

भ्रमण वर्ष : भारतीय पर्यटकलाई सीमामै स्वागत

बर्दिबास, पुस १६ : नेपाल भ्रमण आएका भारतीय अतिथिलाई महोत्तरी प्रवेशको नेपाल–भारत सीमा क्षेत्रमै स्वागत गरिएको छ। 

नेपाल भ्रमण वर्ष २०२० प्रारम्भ भएको अवसरमा बुधबार नयाँ वर्ष शुरु भएकै दिन महोत्तरीको भारतीय सीमावर्ती नाका मटिहानी र भिठ्ठामोरमै भारतीय अतिथिलाई स्वागत गरिएको हो। नेपाल भ्रमण वर्ष २०२० जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्यले जिल्लाको मटिहानी र भिठ्ठामोरस्थित दशगजा (नेपाल–भारत सीमाक्षेत्र) मै पुगेर सयपत्री फूलको माला र खादा लगाउँदै भारतीय अतिथिको स्वागत गरेका हुन्। 

नेपालमै नयाँ वर्ष मनाउने गरी आएका भारतीय पाहुना सीमामै पाएको न्यानो स्वागतले दङ्ग परेका छन्। ‘हमनएँ सालमनाने नेपाल आएँ है, सीमा में ही नेपालीयों ने हमे तहे दिल से स्वागत किए है’ (हामी नेपालमै नयाँ वर्ष मनाउने गरी आएका हौँ, सीमामै नेपालीले हाम्रो हार्दिक स्वागत गर्नुभएको छ) महोत्तरीको बर्दिवासमा नयाँ वर्ष मनाउन परिवारसहित भारतको मुजफ्फरपुरबाट आएका सुवेश प्रतिहस्तले भने, “आम नेपाली आत्मीय व्यवहार के होते हैं, और पासही पहाडी शृङ्खलाभी दिखने को मिलता है, इसिलिएनएँ वर्ष कि उत्सव हमकई सालो से नेपाल में हिमनाते आए हैं (आम नेपाली आत्मीय व्यवहारका हुन्छन्, अनि यहाँ नजिकमै पहाडी शृङ्खला देखिन्छ, त्यसैले नयाँ वर्षको उत्सव पछिल्ला केही वर्षयता नेपालमै मनाउँदै आएका छौँ)।

मटिहानी र भिठ्ठामोरमा आज नयाँ वर्ष मनाउन मध्याह्नसम्म १०० भन्दा बढी भारतीय प्रवेश गरेका छन्। मटिहानी र भिठ्ठामोर नेपालतर्फ जनकपुर पुग्नेसमेत मुख्य नाका भएकाले यहाँबाट महोत्तरी मात्र नभएर धनुषा पुग्ने पर्यटक पनि प्रवेश गर्ने गरेका छन्। भ्रमण वर्ष २०२० जिल्ला समन्वय समितिले आज पहिलो दिन एकाबिहानै यहाँका होटल तथा अतिथिगृहमा बसेका पाहुनालाई पनि खादा लगाएर स्वागत गरेको थियो। 

बुधबार बिहान भ्रमण वर्ष सन्दर्भमै बर्दिवासमा प्रभातफेरि कार्यक्रम सम्पन्न गरिएको समितिका प्रचारप्रसार उपसमितिका संयोजक विनोद भण्डारीले जानकारी दिए।समितिले आजै साँझ भ्रमण वर्षको पहिलो दिन बर्दिवास चोकमा दीप प्रज्वलन र अतिथिको सम्मानमा बर्दिवास सेवा समितिको सभा भवनमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।

बर्दिवासमा नयाँ वर्ष विशेषकै अवसरमा भारतीय र मुलुककै अन्य जिल्लाका गरी ४०० पाहुना रहेका नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ महोत्तरी समितिले जनाएको छ। रासस

प्रकाशित मिति: १६:२४ बजे, बुधबार, पुस १६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्